एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिन कांग्रेस-माओवादी सकारात्मक
काठमाडौं । सत्तारुढ प्रमुख दलहरु कांग्रेस र माओवादी प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकारात्मक भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक देखिएका हुन् ।
बुधबार दिउँसो ४ बजे सत्तारुढ सबै दलको बैठक राखिएको र त्यसपछि एमालेसँग छलफल हुने बताइएको छ ।
कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए । तर तीन सिट सम्म दिने कुरा भइरहेको ती नेताले बताए ।
यदि, एमालेले त्यति सिटमा चित्त बुझायो भने आजै बस्ने बैठकमै पनि राष्ट्रिय सभामा दलहरुले सिट भागबन्डा टुंगिन सक्नेछ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ । त्यसका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया