NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिन कांग्रेस-माओवादी सकारात्मक

काठमाडौं । सत्तारुढ प्रमुख दलहरु कांग्रेस र मा‌ओवादी प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकारात्मक भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक देखिएका हुन् ।

बुधबार दिउँसो ४ बजे सत्तारुढ सबै दलको बैठक राखिएको र त्यसपछि एमालेसँग छलफल हुने बताइएको छ ।

कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए । तर तीन सिट सम्म दिने कुरा भइरहेको ती नेताले बताए ।

यदि, एमालेले त्यति सिटमा चित्त बुझायो भने आजै बस्ने बैठकमै पनि राष्ट्रिय सभामा दलहरुले सिट भागबन्डा टुंगिन सक्नेछ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ । त्यसका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।