NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बंगलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

एजेन्सी । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् ।

चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने विप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको हाे ।  डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर बिप्रेषण रेकर्ड भएको छ । जुन अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षमा एक सयभन्दा बढी देशहरूबाट करिव एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर विप्रेषण पठाएका थिए ।

बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विप्रेषण खाडी देशबाट आउने गर्छ ।