NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले बिहीबार अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेको उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष