भारतीय विदेशमन्त्रीले आज त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन गर्ने
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्ने जनाइएको छ ।
भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।
नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम) समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उनले दिए ।
विसं२०७७ मा पुस्तकालय भवन निर्माण सुरुआत भएको थियो । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया