एमाले निष्कर्ष : राष्ट्रियसभामा रिक्त सबै सिटमा उम्मेदवारी दिने
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवारी दिने भएको छ ।
लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘कलस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको बताए ।
एमालेले एक महिलासहित प्रत्येक प्रदेशबाट तीन जनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।
“सिफारिस भई आएका उम्मेदवारका नाम कलस्टर अन्तर्गत पर्ने/ नपर्ने र प्रमाणित हुने/नहुने भन्ने विषय स्पष्ट भएर उम्मेदवारी दर्ताको तयारी गरेका छौँ”, महासचिव पोखरेलले भने।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया