राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।
यसअघि कांग्रेसले शनिबारका लागि बैठक तय गरेको थियो । अन्तिममा बैठक सरेपछि आइतबार बस्न लागेको हो ।
राष्ट्रियसभाको रिक्त पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । यी पदमा यही पुस २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका भए पनि सत्तासाझेदार दलबीचमा अझैसम्म सिट बाँडफाँटको सहमति जुट्न सकेको छैन भने दलभित्र पनि आकांक्षीको व्यवस्थापन पेचिलो बनेको छ । कांग्रेसमै गत निर्वाचनमा पराजय भएका कैयन नेताले आकांक्षा राखेपछि उम्मेदवार चयनमा सकस पर्ने आकलन गरिएको छ ।
ताजा अपडेट
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
प्रतिक्रिया