राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभा सदस्य उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।
यसअघि कांग्रेसले शनिबारका लागि बैठक तय गरेको थियो । अन्तिममा बैठक सरेपछि आइतबार बस्न लागेको हो ।
राष्ट्रियसभाको रिक्त पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । यी पदमा यही पुस २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका भए पनि सत्तासाझेदार दलबीचमा अझैसम्म सिट बाँडफाँटको सहमति जुट्न सकेको छैन भने दलभित्र पनि आकांक्षीको व्यवस्थापन पेचिलो बनेको छ । कांग्रेसमै गत निर्वाचनमा पराजय भएका कैयन नेताले आकांक्षा राखेपछि उम्मेदवार चयनमा सकस पर्ने आकलन गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया