भारतसँग भएको सम्झौतालाई लिएर धेरै तनाव लिनुपर्ने स्थिति छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको स्पष्ट पारेका छन् ।
आज संसद्को कानून समितिमा बोल्दै यसअघिका सबै सरकार यो सम्झौतामा संलग्न रहेको उनले उदाहरण दिँदै भने, ‘माननीय सदस्यहरूलाई हेक्का रहोस्, यो अहिले आएर भएको सम्झौता होइन । २००३ देखिको निरन्तरता हो । अहिलेसम्मका सबै सरकार यसमा संलग्न छन् ।’
दीर्घकालीन विद्युत व्यापार परियोजनामा भारतीय कम्पनीले मात्रै बनाएको लैजाने भन्ने कुनै पनि सम्झौता नभएको उनले दाबी गरे । यद्यपि, चीन सरकारले उत्पादन गरेको बिजुली किन्ने कुरामा भारतको ‘रिजर्भेसन’ रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘विद्युत उत्पादनमा सबै स्वतन्त्र छन्। यद्यपी चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजना लिनेमा भारत सरकारको रिजर्भेसन छ। चीन सरकारले भनिदिनु भएन, ग्लोबल टेन्डरबाट भन्नुपर्यो भनेर चीनले भनिरहेको छ। हामीले छलफल गरिरहेका छौं।’
बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय कम्पनीले उत्पादन गरेको मात्रै बिजुली भारतले लैजाने भन्ने कुरामा सत्यता नभएको र यो सम्झौतालाई लिएर धेरै तनाव लिनुपर्ने स्थिति नभएको स्पष्ट पारे ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया