छोराको हत्या गरी झोलामा बोकेर हिँडेकी ‘सिइओ’ पक्राउ

एजेन्सी । भारतको कर्नाटक राज्यमा भएको एक हत्याकाण्डले यतिखेर भारतीय मिडिया तातेको छ ।
कर्नाटक राज्यको चित्रदुर्गामा एक महिलाले आफ्नो चार वर्षीय छोराको हत्या गरी झोलामा बोकेर हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।
भारतीय मिडिया आजतकमा उल्लेख भए अनुसार एक आर्टिफिशियल इन्टेलिजेन्स कम्पनीमा ‘सिइओ’ रहेकी सूचना सेठले गोवाको एक होटलमा आफ्नै सन्तानको हत्या गरेकी हुन् ।
के भएको थियो ?
सन् २०१० मा विवाह गरेकी सूचनाले सन् २०१९ मा छोरालाई जन्म दिएकी थिइन् । सन् २०२० मा उनको पतिसँग विवाद सुरु भएको थियो, जसको कारण दुवैले डिभोर्स गरे र अदालतले हरेक आइतबार बच्चाको पिताले बच्चासँग भेट्न पाउने आदेश दियो । अदालतको आदेशपछि तनावमा आएकी सूचनाले एक होटलमा लगेर छोरा कै हत्या गरिन् ।
कसरी बाहिरियो घटना ?
छोरालाई कुनै पनि हालतमा उसको पितासँग भेट्न नदिने मनसाय बनाएकी ती महिला गोवास्थित एक होटलमा बस्न पुगेकी थिइन् । बच्चासँगै होटलमा बसेकी महिला एक्लै होटलबाट निस्किएपछि होटलका एक कर्मचारीले बच्चा बारे सोधेका थिए । बच्चालाई पहिले नै घर पठाइसकेको बताउँदै ती महिला ट्याक्सीमा हिँडिन् । महिलाको व्यवहारप्रति शंका लागेपछि होटलका कर्मचारीले उनी बसेको कोठा चेक गरे, जहाँ उनले रगतका छिर्काहरु देखे । त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै सक्रिय भएको प्रहरीले ट्याक्सी चालकको फोन नम्बर पत्ता लगाएर घटनाका बारेमा बताएको थियो । तीनै ट्याक्सी चालकले महिलालाई नजिकको पुलिस स्टेशनमा लगेर बुझाएका थिए । पक्राउ परेकी महिलाको ब्याकमा बालकको शव भेटिएको थियो ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया