राष्ट्रपति र आयरल्याण्डका सभाध्यक्षबीच द्विपक्षीय सम्बन्धबारे छलफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेको बताए ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया