म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद

म्यानमार । म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले बिहीबार सो घटना बारे जनाकारी गराएको हो।
अनुसन्धान अधिकारीहरूले जनवरी ४ मा म्यानमारको क्षेत्रीय जलक्षेत्रमा काठको डुङ्गाको छानबिन गर्दा उक्त लागुपदार्थ जफत गरेका हुन् ।
जफत गरिएका लागुऔषधको मूल्य ३६.२५ बिलियन क्याट (१७ मिलियन अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ । यस मुद्दामा पाँच जना शङ्कासापद व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका पाँच अपराधीसहित सात जनालाई लागुऔषध तथा साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया