NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

दीर्घकालिन रुपमा ‘ब्रेन गेन’ गर्ने उपाय खोज्न कस्तो नीति ?

काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा सामाजिक विप्रेषण अर्थात् विदेशमा रहेका र फर्किएका नेपालीहरुबाट गर्न सकिने ‘ब्रेन गेन’ बारे छलफल गरिएको छ ।

विदेशमा शिक्षा र सीप हासिल गरेका नेपालीहरुबाट नेपालले नीतिगत रुपमै कसरी फाइदा लिन सक्छ ? सामाजिक विप्रेषण भित्र्याउनका लागि ‘ब्रेन गेन’ गर्ने उपायहरु के हुन् ? यो अंकमा यी र यस्तै विषयमा छलफल गरिएको हो ।

कार्यक्रम प्रस्तोता डा.घनश्याम ओझाले राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँल, दायित्व अभियानका अध्यक्ष डा.पुकार मल्ल र काठमाडौं महानगरको शहरी योजना आयोगकी सहायक विज्ञ अग्मा मालाकारसँग संवाद गरेका छन् ।

डा.मल्ल र मालाकार दुवै विदेश पढेर नेपाल फर्किएका हुन् । मल्ल दायित्व अभियानमार्फत विदेशमा बसेर फर्किएका नेपालीहरुको सीप परिचालन, क्षमता अभिवृद्धिसँगै नीतिगत अनुसन्धानमा पनि सक्रिय छन् । दायित्व अभियान अन्तर्गत नै उनले नेपाल राइजिङ, नेपाल लिडर्सिप एकेडेमी र गभर्नेन्स ल्याबजस्ता संस्थाको पनि नेतृत्व गरिरहेका छन् ।

उद्यमीसमेत रहेकी मालाकार काठमाडौं महानगरमा सिधैं मेयरलाई सल्लाह दिनेगरी विज्ञको रूपमा काम गरिरहेकी छिन् । उनकै नेतृत्वमा काठमाडौंमा आइटी कन्फेरेन्सको आयोजना हुँदै छ ।

उनीहरुजस्तै नेपाल फर्किएका युवा तथा विदेशमै बसिरहेका नेपालीहरुको दक्षतालाई कसरी नीतिगत रुपमा मुलुकले सदुपयोग गर्न सक्छ भनेर गरिएको संवादको पूरा अंश तलको भिडियोमा हेर्नुहोस्