अपडेट : इनारमा खसेकी महिलाको उद्धार
काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार गरेर पाटन अस्पताल लगिएको छ ।
करिब साढे दुई घण्टाको समय लगाएर उद्धार गरिएको उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको ललितपुर प्रहरीले जनाएको छ ।
सोमबार बिहान ९: ५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने दोलखा घर भएकी २८ वर्षीया न्यूटन प्रधान लुगा सुकाउने क्रममा इनारमा खसेकी थिइन् ।
ललितपुरका एसपी नवराज कार्कीका अुनसार कपडा सुकाउन जाँदा स्ल्याबमा टेकेको र त्यही बेला स्ल्याब फुटेर न्यूटन इनारमा खसेकी हुन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया