२१ वर्षअघि सर्वस्वसहित जन्मकैद सजाय पाएका ७० वर्षीय वृद्ध पक्राउ
काठमाडौं । अंश सम्बन्धी विषयमा विवाद हुँदा श्रीमतीलाई घाँटी कसेर हत्या गरेका ७० वर्षीय सूर्यबहादुर दवाडी पक्राउ परेका छन् ।
धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने ७० वर्षीय सूर्यबहादुर दवाडीलाई २१ वर्षपछि सोमबार केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
२०५९ फागुन २८ गते ज्वालामुखी गाउँपालिका-१ स्थित घर बारीमा सूर्यबहादुरले अंश सम्बन्धी बिषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेका थिए ।
हत्यापछि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले उनलाई सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।
अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय भएका सूर्यबहादुर लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् । सीआईबीको टोलीले उनलाई सोमबार रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया