२१ वर्षअघि सर्वस्वसहित जन्मकैद सजाय पाएका ७० वर्षीय वृद्ध पक्राउ

काठमाडौं । अंश सम्बन्धी विषयमा विवाद हुँदा श्रीमतीलाई घाँटी कसेर हत्या गरेका ७० वर्षीय सूर्यबहादुर दवाडी पक्राउ परेका छन् ।
धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने ७० वर्षीय सूर्यबहादुर दवाडीलाई २१ वर्षपछि सोमबार केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
२०५९ फागुन २८ गते ज्वालामुखी गाउँपालिका-१ स्थित घर बारीमा सूर्यबहादुरले अंश सम्बन्धी बिषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेका थिए ।
हत्यापछि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले उनलाई सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो ।
अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय भएका सूर्यबहादुर लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् । सीआईबीको टोलीले उनलाई सोमबार रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया