चोरी गरेको भिडियो बाहिरिएपछि सांसदले दिइन् राजीनामा
एजेन्सी । न्युजिल्याण्डकी एक सांसदमाथि चोरीको आरोप लागेपछि राजीनामा दिएकी छिन् ।
ग्रीन पार्टीका गोलरिज घहरामनमाथि अकल्याण्ड र वेलिंग्टनमा रहेका दुई कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
उनले अकल्यान्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सीसीटिभी फुटेजमा देखिएको बीबीसीले जनाएको छ । सो घटना बाहिरिएपछि उनले मंगलबार सांसद पदबाट राजीनमा दिएकी हुन् ।
उनले विज्ञप्ति जारी गर्दै जनताले आफ्ना जनप्रतिनिधिहरुबाट गर्ने अपेक्षा विपरीत व्यवहार भएको भन्दै माफी मागेकी छन् । उनले भनेकी छन्, ‘मैले धेरै जनालाई लाजमर्दो बनाएको छु र त्यसको लागि माफी चाहन्छु ।’
संयुक्त राष्ट्र संघमा मानव अधिकारको वकिल रहिसकेकी गोलरिज सन् २०१७ मा पहिलो शरणार्थी सांसद बनेर इतिहास रचेकी थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया