उच्चशिक्षा अध्ययनरतलाई छात्रवृत्ति दिन आवेदन माग, अपांगता भएकादेखि द्वन्द्वपीडितसम्मले पाउने
काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । उच्च शिक्षामा कमजोर अवस्थाका वर्गको पहुँच अभिवृद्धिका लागि छात्रवृत्तिको प्रबन्ध गरेको आयोगले लक्षित व्यक्तिसँग आवेदन मागेको हो ।
विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० अनुरूप उच्च शिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ । आवेदन आर्थिक वर्ष ०८०/८१ मा स्नातक तथा स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना भई अध्ययनरत अपांगता भएका, आर्थिक रूपले विपन्न, दलित, शहीद तथा द्वन्द्वपीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीले दिन सक्नेछन् ।
आवेदन बुधबारदेखि आगामी फागुन २ गते कार्यालय समयभित्र अनलाइनमार्फत भर्न सकिने आयोगले जनाएको छ ।
त्यसैगरी, आयोगले छात्रवृत्तिका लागि छनोट भई पहिलो र दोस्रो किस्ता प्राप्त गरिसकेका विद्यार्थीलाई प्रगति विवरण नत्थी गरी उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० को अनुसूची ५ को फाराम भरेर बाँकी किस्ता लिन पनि आग्रह गरेको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया