उच्चशिक्षा अध्ययनरतलाई छात्रवृत्ति दिन आवेदन माग, अपांगता भएकादेखि द्वन्द्वपीडितसम्मले पाउने

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । उच्च शिक्षामा कमजोर अवस्थाका वर्गको पहुँच अभिवृद्धिका लागि छात्रवृत्तिको प्रबन्ध गरेको आयोगले लक्षित व्यक्तिसँग आवेदन मागेको हो ।
विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० अनुरूप उच्च शिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ । आवेदन आर्थिक वर्ष ०८०/८१ मा स्नातक तथा स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना भई अध्ययनरत अपांगता भएका, आर्थिक रूपले विपन्न, दलित, शहीद तथा द्वन्द्वपीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीले दिन सक्नेछन् ।
आवेदन बुधबारदेखि आगामी फागुन २ गते कार्यालय समयभित्र अनलाइनमार्फत भर्न सकिने आयोगले जनाएको छ ।
त्यसैगरी, आयोगले छात्रवृत्तिका लागि छनोट भई पहिलो र दोस्रो किस्ता प्राप्त गरिसकेका विद्यार्थीलाई प्रगति विवरण नत्थी गरी उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० को अनुसूची ५ को फाराम भरेर बाँकी किस्ता लिन पनि आग्रह गरेको छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया