राष्ट्रियसभा सदस्य निर्वाचन- प्रचार–प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचार–प्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । समितिको शनिबार बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरणका लागि विभिन्न प्रदेश जाने निर्णय गरेको समितिका सचिव केशवराज जोशीले जानकारी दिए ।
“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो”, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा यही माघ ११ मा हुने निर्वाचनका लागि पार्टीका उम्मेदवारसँग छलफल भएको थियो ।
राष्ट्रियसभाका रिक्त हुन लागेका कूल १९ सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले आपसमा सिट बाँडफाँट गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले छ, नेकपा (एकीकृत समाजवादी) ले दुई र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।
ताजा अपडेट
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई ‘सिफ्ट’ मा
-
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न महासचिव पोखरेलको परिपत्र
-
ट्रम्पको धम्कीबीच आईफोन निर्यातमा चीनलाई उछिन्यो भारतले
-
१५ दिनअघि नै भित्रियो मनसुन
-
आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्यो : अध्ययन
प्रतिक्रिया