ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ४ करोड, यस्ता छन् अन्य सूचक

काठमाडौं। ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा खुद नाफा २ अर्ब ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ ।
जुन गत आर्थिक बर्षको सोही अवधिको तुलानामा २६.५९ प्रतिशत घटेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुसको अन्त्यसम्ममा बैंकले चार खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३८ प्रतिशत बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले ६ अर्ब ५४ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। हाल बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ ।
त्यस्तै जगेडा कोष १०.२९ प्रतिशत घटेर २० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ६.५५ प्रतिशत बढेर ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ र कर्जा प्रवाह ३ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
बैंकको आधार दर ९.६ प्रतिशत, कर्जा निक्षेप अनुपात ८०.०४ प्रतिशत, कस्ट अफ फण्ड ७.७१ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत छ । त्यस्तै बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ घटेर ११.३१ रुपैयाँमा झरेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया