कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकमा सुधार
काठमाडाैं । कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब ३५ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २८ करोड रुपैयाँ ऋणात्मक थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैंकले लोनलस प्रोभिजनवापत १ अर्ब ९ करोड रुपैयाँ छुट्याएको छ ।
त्यस्तै बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा छ । गत वर्षको यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो । बैंकको निष्क्रिय कर्जामा सुधार देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा कुल कर्जामा निष्क्रिय कर्जा ४.५२ प्रतिशत रहेकोमा अहिले ३.०२ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८७.५४ प्रतिशतबाट ७६.४६ प्रतिशतमा झरेको छ ।
आधार दर ९.८२ प्रतिशत छ भने निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ३.९७ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको सञ्चित नाफा कुल ७५ करोड २१ लाख रुपैयाँ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया