NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

ठमेलमा आतंक मच्चाउँदै गुण्डा नाइके गुरुङ

काठमाडौं । पटक– पटक पक्राउ परेर छुटेका गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइ फेरि फरार भएका छन् । ठमेलका कुटपिट गरेको घटनामा उनी फरार भएका हुन् ।

उनको समूहले शनिबार ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा निर्घात कुटपिट गरेको हो । जून घटनामा एक व्यक्तिलाई पक्राउ गरी दरबारमार्ग वृत्तले छानबिन अघि बढाएको हो ।

गुरुङ विगतमा कुमार घैंटेको समूहमा संलग्न थिए । उनी विगतमा पटक पटक पक्राउ परेका छन् ।तर, केही दिनमै छुट्ने गरेका छन् । पछिल्लो समय केही गुन्डाहरु सक्रिय भएपछि प्रहरीले सुट एट साइटको नीति लिने तयारी गरेको छ । विगतमा केही गुन्डानाइके इन्काउन्टरमा मारिएपछि गुन्डागर्दी कम भएको थियो । पछिल्लो समय केही समूह फेरि सल्बलाउन थालेका छन् ।