जिम्मेवारी छाडेर २४ प्रहरी सम्पर्कविहीन

काठमाडौं । तीन सहायक निरीक्षक (असई) सहित २४ प्रहरी कार्यरत कार्यालयमा जानकारी नदिई सम्पर्कविहीन भएका छन् । बिना जानकारी लामो समय गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि कारबाही प्रक्रिया थालेको छ ।
देशका विभिन्न कार्यालयमा कार्यरत तीन असई, २ सहायक हवल्दार र १९ प्रहरी जवान बिदा स्वीकृत नगराइ लामो समयदेखि अनुपस्थित रहेका हुन् ।
गैरहाजिर रहेकालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको छ । अन्यथा सेवाबाट हटाउने प्रक्रिया अघि बढ्ने प्रधान कार्यालयले जनाएको छ । प्रहरी ऐनअनुसार बिदा स्वीकृत नगरी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।
नेपाल प्रहरीमा लामो समयदेखि बीचमै सेवा छाड्ने प्रवृत्ति विद्यमान छ । न्यून वेतन, पेन्सनको अवधि, वैदेशिक रोजगारीको आकर्षण यसको मूल कारण मानिन्छ ।
यसरी राज्यले लगानी गरेका जनशक्तिबीचमै सेवाबाट बाहिरिँदा राज्यलाई नोक्सानी पर्दै आए पनि समाधानतर्फ ठोस कदम चालिएको छैन ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया