जिम्मेवारी छाडेर २४ प्रहरी सम्पर्कविहीन
काठमाडौं । तीन सहायक निरीक्षक (असई) सहित २४ प्रहरी कार्यरत कार्यालयमा जानकारी नदिई सम्पर्कविहीन भएका छन् । बिना जानकारी लामो समय गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि कारबाही प्रक्रिया थालेको छ ।
देशका विभिन्न कार्यालयमा कार्यरत तीन असई, २ सहायक हवल्दार र १९ प्रहरी जवान बिदा स्वीकृत नगराइ लामो समयदेखि अनुपस्थित रहेका हुन् ।
गैरहाजिर रहेकालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको छ । अन्यथा सेवाबाट हटाउने प्रक्रिया अघि बढ्ने प्रधान कार्यालयले जनाएको छ । प्रहरी ऐनअनुसार बिदा स्वीकृत नगरी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।
नेपाल प्रहरीमा लामो समयदेखि बीचमै सेवा छाड्ने प्रवृत्ति विद्यमान छ । न्यून वेतन, पेन्सनको अवधि, वैदेशिक रोजगारीको आकर्षण यसको मूल कारण मानिन्छ ।
यसरी राज्यले लगानी गरेका जनशक्तिबीचमै सेवाबाट बाहिरिँदा राज्यलाई नोक्सानी पर्दै आए पनि समाधानतर्फ ठोस कदम चालिएको छैन ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया