बालेनवाहेक हर्क साम्पाङ र गोपाल हमालले पनि गरेनन् मतदान
काठमाडौं । तीन प्रमुख शहरका मेयरहरुले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिएनन् ।
राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि आज भएको मतदानमा काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाका मेयरहरुले चुनावमा भाग नलिएका हुन् ।
काठमाडौं महानगरका मेयर बालेन शाह कार्य व्यवस्तताका कारण मतदान गर्न नगएको उनको सचिवालयले जनाएको छ । उनी बागमतीका मतदाता हुन् ।
त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि चुनावमा भाग लिएनन् । उनी कोसी प्रदेशका मतदाता हुन् ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि कार्य व्यवस्तताका कारण मतदान गर्न नभएको उनको सचिवालयले जनाएको छ । उनी सुदूरपश्चिम प्रदेशका मतदाता हुन् ।
तीनैजना मेयर स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया