NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

जडिबुटीमा कोठी चलाउने लालमाया प्रहरी फन्दामा

काठमाडौं । गेष्ट हाउस र रेष्टुरेन्टको आवरणमा वेश्यावृत्ति धन्दा चलाउने महिला पक्राउ परेकी छिन् । जडिबुटीमा कोठी चलाउने लालमाया तामाङ (आशा)लाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उनले जडिबुटीमा चरिकोट गेष्ट हाउस र टिमुरे क्याफे चलाउँदै आएकी थिइन् । गेष्ट हाउसमा किशोरी तथा युवतीहरुलाई राख्ने र कोठीको शैलीमा रोज्न लगाई वेश्यावृत्ति धन्दा चलाउँदै आएकी थिइन् । उनको गेष्ट हाउसबाट दुई बालिकाको उद्धार गरिएको ब्यूरोका एसपी कृष्ण पंगेनीले बताए ।

ग्रामिण क्षेत्रका बालिकाहरुलाई गेष्ट हाउसमा जागिर लगाइदिने भन्दै ल्याउने र यौनधन्दामा लगाउँदै आएको अनुसन्धानमा खुलेको छ ।