थुनुवा लिएर भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ
काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका प्रहरी जवान पक्राउ परेका छन् ।
नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई १६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।
लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकलाई उनले १० लाख रूपैयाँ पाउने आशामा भगाएका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया