प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।
उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
बजेटमा चलखेल गर्ने चर्चित पूर्वनासुलाई अदालतले दियो सफाइ
-
काठमाडौं महानगरपालिकले लोक सेवाको तयारी कक्षा निशुल्क चलाउने
-
‘विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छ’
-
प्रेस स्वतन्त्रता उल्लघंनका घटना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
-
परीक्षा दिएर आँउदै गरेकी विद्यार्थीमाथि आक्रमण
प्रतिक्रिया