NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने सरस्वती प्रहरी फन्दामा

काठमाडौं । अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोली ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । काठमाडौं वडा नम्बर २० बस्ने बर्ष ४० की सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

अन्य व्यक्तिको नागरिकताका आधारमा उनले बैंक खाता खोलेर चेक विभिन्न व्यक्तिलाई दिएकी थिइन् । सो चेक बाउन्स भएपछि उनले अन्य व्यक्तिको नाममा खाता खोलेर चेक दुरुपयोग गरेको खुलेको हो । उनलाई बैंकिङ कसुर सजाय ऐन.२०६४ बमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौंले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष