ललितपुरस्थित अपार्टमेन्ट भित्र मृत भेटिइन् जर्मन महिला
काठमाडौं । ललितपुरमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्। उनी विगत दुई वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।
अहिले जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीसहितको टोलि घटनास्थलमा पुगेका छन् । एसपी कार्कीका अनुसार महिलाको टाउकोबाट रगत बगेको देखिएको छ ।
मृत्युको कारणबारे प्रहरीे अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया