स्नेहाज केयरको ‘भिगन फेस्टिबल’ फागुन १९ गते, के छन् विशेषता ?

काठमाडौं । स्नेहाज केयरले यस वर्षको ‘भिगन फेस्टिबल’ आगामी फागुन १९ गते आयोजना गर्ने भएको छ ।
यस वर्षको फेस्टिबल बौद्धस्थित उत्पला क्याफेमा हुने सो संस्थाले जनाएको छ । विरुवामा आधारित आहारको उपभोगका लागि प्रोत्साहन गर्ने उद्धेश्यले सन् २०१८ देखि स्नेहाज केयरले भिगन फेस्टिबलको आयोजना गर्दै आएको छ ।
महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार र सामाग्रीको प्रदर्शन र विक्री वितरण गरिने हुँदा भिगन सामाग्रीहरुको विक्रेताहरुले स्टल राख्न मिल्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
स्नेहाज केयरले मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा लाइभ म्युजिक, नृत्य, वृत्तचित्र प्रदर्शनी र बालबालिकाहरुका लागि खेल प्रतियोगिताको समेत व्यवस्था गरिएको सम्मेलनमा जानकारी गराइएको थियो ।
पशु कल्याण सम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं २०७२ मा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापित स्नेहाज केयरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ ।
प्रतिक्रिया