राष्ट्रपतिसँग एफईएसका अध्यक्षको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका जर्मनीको फेडरिक इवर्ट इस्टिफटुङ (एफईएस) का अध्यक्ष डा मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवनमा आज अपराह्न भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको बताए ।
राष्ट्रपतिले काठमाडौँस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया