NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले शनिबार र आइतबार दुई दिनका लागि संसदीय दलको बैठक आह्वान गरेको छ ।

संसद भवनको ल्होत्से हलमा बस्ने बैठक मध्यान्न १२ बजेपछि सुरु हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए । उनका अुनसार बैठकमा आगामी २२ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

‘सरकारका कामकारबाही र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने ।