रास्वपाले थाल्दै आजबाट दबाब अभियान, उद्घाटन मेलम्चीबाट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजबाट दबाब अभियान थाल्ने भएको छ । सञ्चालित विभिन्न आयोजना समयमै सक्नका लागि दबाब सिर्जना गर्न रास्वपाले पूर्वघोषित कार्यक्रमअनुसार आजबाट दबाब अभियान सुरु गर्न लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो चरणको दबाब अभियान आइतबारबाट सुरु गर्न लागिएको जनाएको छ । २१ चैतसम्म चल्ने पहिलो चरणको दबाब अभियानको उद्घाटन आइतबार पार्टी सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट गर्दैछन् ।
विभिन्न आयोजना समयमा नै सक्न सञ्चालन गर्न लागिएको अभियानलाई रास्वपाका सभापति, उपसभापतिलगायत २१ नेताले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।
यसअघि नै दबाब यात्रा गर्ने आयोजनाको सूची सार्वजनिक गरेको रास्वपाले अर्को चरणमा थप आयोजनाहरूमा यस्तो अभियान सञ्चालन गर्ने जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया