NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नीति बहस : नयाँ उपकुलपतिबाट मात्रै त्रिविको सुधार सम्भव छ ?

काठमाडौं । हाल त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटका लागि खुलेको आवेदनमा ४६ जनाले दाबी गरेका छन् ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनौट गरिने र यो पदमा राजनीतिक हस्तक्षेप नहुने घोषणा गरिसकेका छन् ।

प्राध्यापक संघ, विद्यार्थी युनियन, ट्रेड युनियनले राजनीति गर्न नछोड्ने तर उपकुलपति भने राजनीति बाहिरबाट छनौट गर्दामात्रै के त्रिवि सुधार होला ? यो पदलाई कानुनी रुपमै कसरी बलियो बनाउने ? सुधारका लागि आवश्यक नीति कस्ता छन् भन्ने विषयमा यसपटकको पोलिसी डायलगमा बहस गरिएको छ ।

प्रा.डा.अर्जुन कार्की, प्रा.डा.सुधार त्रिपाठी र शिक्षाविद् नरोत्तम अर्यालसँग कार्यक्रम प्रस्तोता डा.विष्णुराज उप्रेतीलले छलफल गरेका छन् । प्रा.डा.कार्की वरिष्ठ छाती रोग विशेषज्ञ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति र, प्रस्तावित नेपाल विश्व विद्यालयको नेतृत्व गर्दै छन् ।

पूर्वरेक्टर प्रा.डा केही समयका लागि त्रिविमा कार्यवाहक उपकुलपति पनि भइसकेकी छन् । अर्का वक्ता अर्याल, लामो समयदेखि शिक्षा क्षेत्रकै सुधारका लागि पैरवी गर्दै आइरहेका छन् । किङ्स कलेजका प्रधानाध्यापक समेत रहेका अर्याल विद्यमान शिक्षा प्रणालीको बारेमा आलोचनात्मक दृष्टिकोण राख्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट र उच्च शिक्षा विधेयकबारे गरिएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।