नीति बहस : नयाँ उपकुलपतिबाट मात्रै त्रिविको सुधार सम्भव छ ?
काठमाडौं । हाल त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटका लागि खुलेको आवेदनमा ४६ जनाले दाबी गरेका छन् ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनौट गरिने र यो पदमा राजनीतिक हस्तक्षेप नहुने घोषणा गरिसकेका छन् ।
प्राध्यापक संघ, विद्यार्थी युनियन, ट्रेड युनियनले राजनीति गर्न नछोड्ने तर उपकुलपति भने राजनीति बाहिरबाट छनौट गर्दामात्रै के त्रिवि सुधार होला ? यो पदलाई कानुनी रुपमै कसरी बलियो बनाउने ? सुधारका लागि आवश्यक नीति कस्ता छन् भन्ने विषयमा यसपटकको पोलिसी डायलगमा बहस गरिएको छ ।
प्रा.डा.अर्जुन कार्की, प्रा.डा.सुधार त्रिपाठी र शिक्षाविद् नरोत्तम अर्यालसँग कार्यक्रम प्रस्तोता डा.विष्णुराज उप्रेतीलले छलफल गरेका छन् । प्रा.डा.कार्की वरिष्ठ छाती रोग विशेषज्ञ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति र, प्रस्तावित नेपाल विश्व विद्यालयको नेतृत्व गर्दै छन् ।
पूर्वरेक्टर प्रा.डा केही समयका लागि त्रिविमा कार्यवाहक उपकुलपति पनि भइसकेकी छन् । अर्का वक्ता अर्याल, लामो समयदेखि शिक्षा क्षेत्रकै सुधारका लागि पैरवी गर्दै आइरहेका छन् । किङ्स कलेजका प्रधानाध्यापक समेत रहेका अर्याल विद्यमान शिक्षा प्रणालीको बारेमा आलोचनात्मक दृष्टिकोण राख्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट र उच्च शिक्षा विधेयकबारे गरिएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया