दुई सय ८५ किलो गाँजासहित तीन पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।
चौकीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्दा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बर को डिआई गाडीमा उक्त अप्रशोधित (हालै काटेको जस्तो देखिने हरियो) गाँजा ल्याइएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको दक्षिणी (डाँडापारी) क्षेत्रबाट उक्त परिमाणको गाँजा ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रकाउ पर्नेमा गाडी चालक नुवाकोट विदुर नगरपालिका–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप–८ घर भई हाल काठमाडौँ बालाजु बस्ने २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् । उनीलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया