NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २२ गते

अध्यागमन अधिकृत खड्का जेल चलान

काठमाडौं । भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमन अधिकृत नरवीर खड्का जेल चलान भएका छन् । संगठिन अपराध र कीर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाएको हो ।

उनीसहित बिचौलियाहरू अरुण दाहाल, सरोज कुमार यादब र मनोज तामाङ जेल चलान भएका हुन् । अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ ।

यो मुद्दामा अन्य १२ जना फरार छन् ।

१० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न सिफारिस गरेको थियो । बिचौलियाको काम गर्ने दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव, पदम लामा, मनोज लामा, रामप्रसाद भण्डारी पक्राउ परेका थिए । अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो पनि फरार छन् ।