नेपाल प्रहरीले माग्यो जवानदेखि भान्छेसम्मका पदमा १९५० जनशक्ति
काठमाडौं । नेपाल प्रहरीले जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदमा १९५० जनशक्ति माग गरेको छ । खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी प्रहरी प्रधान कार्यालयले यी पदमा कर्मचारी माग गरेको हो ।
प्रधान कार्यालयले सबैभन्दा धेरै प्रहरी जवानमा १८५६ जनशक्ति माग गरेको छ । त्यस्तै, भान्छेमा ५३, हजाममा ७, कुचीकारमा २० र खेलाडीमा १४ सिटका लागि आवेदन आह्वान गरिएको छ ।
आवेदन आगामी फागुन २ गतेदेखि चैत ९ गतेसम्म दिन सकिनेछ ।
त्यसैगरी, प्रहरी सहायक निरीक्षक (असई) पदका लागि यसअघि माग गरिएको संख्या थपसमेत गरेको छ । गत कात्तिक ३ गते असई पदका लागि मागिएको संख्यामा १०५ सिट थप गरिएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने




प्रतिक्रिया