नेपाल प्रहरीले माग्यो जवानदेखि भान्छेसम्मका पदमा १९५० जनशक्ति

काठमाडौं । नेपाल प्रहरीले जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदमा १९५० जनशक्ति माग गरेको छ । खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी प्रहरी प्रधान कार्यालयले यी पदमा कर्मचारी माग गरेको हो ।
प्रधान कार्यालयले सबैभन्दा धेरै प्रहरी जवानमा १८५६ जनशक्ति माग गरेको छ । त्यस्तै, भान्छेमा ५३, हजाममा ७, कुचीकारमा २० र खेलाडीमा १४ सिटका लागि आवेदन आह्वान गरिएको छ ।
आवेदन आगामी फागुन २ गतेदेखि चैत ९ गतेसम्म दिन सकिनेछ ।
त्यसैगरी, प्रहरी सहायक निरीक्षक (असई) पदका लागि यसअघि माग गरिएको संख्या थपसमेत गरेको छ । गत कात्तिक ३ गते असई पदका लागि मागिएको संख्यामा १०५ सिट थप गरिएको हो ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया