पहिरोमा परेको दुईदिनपछि दुई बालबालिकाको जीवितै उद्धार
मनिला । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँहरूमा गएको पहिरोमा परेका तीन वर्षीया बालिका र दुई महिने बालकलाई दुईदिनपछि जीवितै उद्धार गरिएको फिलिपिन्स रेडक्रसले शुक्रबार जनाएको छ ।
फिलिपिन्स रेडक्रशका अध्यक्ष डिक गोर्डनले उद्धार गरिएका बालबालिकालाई तुरुन्तै नजिकैको स्थानीय अस्पतालमा लगिएको बिज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
माको सहरस्थित एउटा खानी स्थल नजिकै मङ्गलबार राति गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् ।
प्रान्तीय सरकारले सय जना भन्दाबढी बेपत्ता रहेको र उनीहरू पहाडबाट खसेको माटो, चट्टान र रूख मुनि गाडिएको बताएको छ ।
बेपत्ताको खोजी तथा उद्धार कार्यहरु जारी रहेको स्रोतले बताएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया