NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एकदिवसीय सिरिजमा आज नेपाल–क्यानडाबीच अन्तिम खेल हुँदै

काठमाडौं । नेपाल र क्यानडाबीच आज एकदिवसीय सिरिजमा तेस्रो अर्थात् अन्तिम खेल हुँदैछ । खेल अहिले बिहान ९ः१५ बजे त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल र क्यानडाबीच यसअघि भएको दुवै खेल नेपालले जितेको छ । पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले नेपालले जितेको हो ।

नेपाल आजको खेल पनि आफ्नो पक्षमा पारेर जितेको श्रृंखलालाई कायम राख्न चाहन्छ । क्यानडा पनि एक दिवसीय सिरिजको अन्तिम खेलमा भए पनि जित निकाल्ने ध्याउन्नमा हुनेछ ।

आजको खेलमा नेपालले हेमन्त धामीलाई अवसर दिने सम्भावना छ । उनी तीव्र गतिका बलर हुन् । उनले आजको खेलमार्फत डुब्यु गरेको अवस्थामा सम्भवतः सोमपाल कामीले विश्राम पाउनेछन् । सोमपाललाई मैदानमा उतारेर रिजन ढकाललाई बेञ्चमा राख्ने अर्को सम्भावना पनि छ ।