एकदिवसीय सिरिजमा आज नेपाल–क्यानडाबीच अन्तिम खेल हुँदै
काठमाडौं । नेपाल र क्यानडाबीच आज एकदिवसीय सिरिजमा तेस्रो अर्थात् अन्तिम खेल हुँदैछ । खेल अहिले बिहान ९ः१५ बजे त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
नेपाल र क्यानडाबीच यसअघि भएको दुवै खेल नेपालले जितेको छ । पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले नेपालले जितेको हो ।
नेपाल आजको खेल पनि आफ्नो पक्षमा पारेर जितेको श्रृंखलालाई कायम राख्न चाहन्छ । क्यानडा पनि एक दिवसीय सिरिजको अन्तिम खेलमा भए पनि जित निकाल्ने ध्याउन्नमा हुनेछ ।
आजको खेलमा नेपालले हेमन्त धामीलाई अवसर दिने सम्भावना छ । उनी तीव्र गतिका बलर हुन् । उनले आजको खेलमार्फत डुब्यु गरेको अवस्थामा सम्भवतः सोमपाल कामीले विश्राम पाउनेछन् । सोमपाललाई मैदानमा उतारेर रिजन ढकाललाई बेञ्चमा राख्ने अर्को सम्भावना पनि छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया