NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल, सोमपाल र आशिफ बेञ्चमा

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय खेलको तेस्रो तथा अन्तिम खेलमा नेपालले सुरुमा बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि कप्तान रोहित पौडेलले रोज्ने मौका पाएका थिए । त्यसक्रममा उनले बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले क्यानडासँगको यसअघिको दुवै खेलमा जित निकालेको छ । पहिलो खेलमा ७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित निकालेको हो ।

आजको खेलमा नेपालले हेमन्त धामीलाई डेब्यु गराएको छ । तीव्र गतिका बलर धामीलाई सोमपाल कामीको स्थानमा खेलाउन लागिएको हो ।

सोमपालसँगै आसिफ शेख, सूर्य तामाङ र रिजन ढकाललाई पनि बेञ्चमा राखिएको छ ।

आजको खेलमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललितनारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह मैदानमा उत्रँदैछन् ।