नेपाल टेलिकमको नाफा साढे सात प्रतिशतले घट्यो

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०२०८०/८१ को दोस्रो त्रैमासिक (पुसमसान्त) सम्मको वित्तिय विवरणअनुसार नेपाल टेलिकमको नाफामा गिरावट आएको छ ।
पुस मसान्तसम्ममा टेलिकमले ३ अर्व ९३ करोड १४ लाख ३ हजार खुद मुनाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.६० प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा टेलिकमले ४ अर्व २५ करोड ४७ लाख ७६ हजार रुपैयाँ कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको आम्दानी र सञ्चालन दुवै घटेको छ । कम्पनीले पुस मसान्तसम्ममा २१ अर्व ३० करोड ९३ लाख ७९ हजार आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलानामा ७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी भएको हो । गत आवको सोही अवधिमा टेलिकमले २२ अर्व १० करोड ११ लाख ३७ हजार आर्जन गरेको थियो ।
त्यस्तै चालु आवको पुस मसान्तसम्ममा कम्पनीकोे कुल सञ्चालन आय१७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामा रु ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी हो ।
कम्पनीको प्रति शेयर आम्दानी ४३.६८ रहेको छ ।
टेलिकमले गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आव सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार उल्लेख गरेको छ ।
१. OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको ।
२. मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेको ।
३. राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
४. सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
५. बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ३४ करोड ७ लाखले कमी भएको ।
प्रतिक्रिया