NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते
कविता

मेरो मन, मेरो चस्मा जस्तै छ

मेरो मन, मेरो चस्मा जस्तै छ,
जति सुकै माइनस प्लसको लगाएर हेरे पनि
मनको लेन्समा कुनै तलमाथि परेको छैन !!

मेरो मन धमनी, शिरा र रक्त केशिका जस्तै छ,
टुक्रीएको हृदयमा पोषक र अक्सिजन नपुगे पनि
पारिलो घामको न्यानो आभास जस्तै ताप दिएको छ !!

मेरो मन, मेरो फूलबारीको बगैँचा जस्तै छ,
तिखो काँडै काँडाको बीचमा फक्रिएको
रातो सुन्दर गुलाफको इतिहास जस्तै गर्बिलो छ !!

मेरो मन, मेरो मुटुको धड्कन जस्तै छ,
कल्पनिकता भन्दा वास्तविकताको सौभाग्यले भरिएको
यादका अनगिन्ती सन्दुकहरुको ब्राह्मण जस्तै छ !!

मेरो मन, खुला आकाशको पंन्छी जस्तै छ,
प्रेमिल संसारको स्निग्ध वासनाले भरिएको
पूर्णताको अनुपम कृतिमय सुवास जस्तै छ !!

मेरो मन, उषाको चम्किलो किरण जस्तै,
सुकोमल विश्वास र कञ्चन ध्वनिले बनेको
तिर्खा नमिटिने, सिमसिम वर्षाको पूर्ण आभास जस्तै छ !!

मेरो मन, जिन्दगीको तस्बिर देखाउने ऐना जस्तै छ,
तस्बिरमा मात्र होइन, खुसीका पुलिंदा र सम्झनाका स्वरुपले भरिएको
पूर्णताको विन्दुमा नपुग्ने अलिखित माया जस्तै छ !!

मेरो मन, चन्द्रमाको प्रकाश जस्तै शान्त हृदयको छ,
शुन्य र अँध्यारो हटाउने पूर्णिमाको प्रकाशले भरिएको
मायाको खुला सङ्गितको स्वराङ्कन जस्तै छ !!

गुनासो छैन !