लिग टू : नेदरल्यान्डमाथि नेपाल ९ विकेटले विजयी
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्डमाथि ९ विकेटको जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा लिग २ अन्तर्गत भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्डले नेपाललाई १३७ रनको सामान्य लक्ष्य दिएको थियो । जसलाई नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
नेपालको आजको जितमा अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड ३९ ओभरमा १३७ रन जोड्दै अल आउट भएको थियो । यसक्रममा कुशल भुर्तेलले ४, ललित राजवंशीले २, सोमपाल कामी र रोहितकुमार पौडेलले समान १/१ विकेट लिए ।
नेदरल्याण्डका लागि कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन जोडे भने ब्रास डी लिइडेले २७, सिब्रान्ड इंग्लब्रेक्टले २३, नोह क्रोशले १२ रन र आर्यन दत्तले १० रन जोडे । केयल क्लेन ११ रनमा अविजित रहे ।
लिग टू अन्तर्गत नेपालको यो दोस्रो खेल हो । यसअघि नामिबियाविरुद्ध मैदानमा उत्रिएको नेपाल ४ विकेटले पराजित बनेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया