लिग टू : नेदरल्यान्डमाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्डमाथि ९ विकेटको जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा लिग २ अन्तर्गत भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्डले नेपाललाई १३७ रनको सामान्य लक्ष्य दिएको थियो । जसलाई नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
नेपालको आजको जितमा अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड ३९ ओभरमा १३७ रन जोड्दै अल आउट भएको थियो । यसक्रममा कुशल भुर्तेलले ४, ललित राजवंशीले २, सोमपाल कामी र रोहितकुमार पौडेलले समान १/१ विकेट लिए ।
नेदरल्याण्डका लागि कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन जोडे भने ब्रास डी लिइडेले २७, सिब्रान्ड इंग्लब्रेक्टले २३, नोह क्रोशले १२ रन र आर्यन दत्तले १० रन जोडे । केयल क्लेन ११ रनमा अविजित रहे ।
लिग टू अन्तर्गत नेपालको यो दोस्रो खेल हो । यसअघि नामिबियाविरुद्ध मैदानमा उत्रिएको नेपाल ४ विकेटले पराजित बनेको थियो ।
ताजा अपडेट
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
प्रतिक्रिया