NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भ्रष्टाचार मुद्दा दर्ता भयो तर पूर्व सचिव ठाकुर ‘विन्दास’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मेलम्ची आयोजनामा भएको भ्रष्टाचारविरुद्ध मुद्दा दर्ता गरेको छ । विशेष अदालत, काठमाडौंमा दर्ता गरेको मुद्दामा तत्कालिन सचिव गजेन्द्रकुमार ठाकुरलाई समेत दोषी ठहर गर्दै मुद्दा लागेको छ ।

मेलम्ची खानेपानी बोर्डका अध्यक्ष समेत रहेका तत्कालिन खानेपानी सचिव ठाकुरले इटालियन कम्पनीलाई नियमविपरित भुत्तानी दिएका थिए । त्यहि अभियोगमा उनीमाथि अख्तियारले मुद्दा दायर गरेको हो ।

पछिल्लो समय अख्तियारले दायर गरेका मुद्दाहरुमध्यको यो एक प्रतिष्ठित मुद्दामा पर्छ । आफु विरुद्ध मुद्दा दायर भएपछि नेपालवाचको सम्पर्कमा आएका ठाकुरले मुद्दा परेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले अख्तियारले मुद्दा हालेपछि त्यसलाई व्यहोर्ने तर आफु दोषी नभएको जिकिर गरेका छन् ।

सेवामा हुँदा समेत तलबले घर चलाउनै मुस्किल पर्ने भन्दै उनले तलब प्रयोजनबाहेक कुनै बैंक खाता खोलेका थिएनन् । हरेक आयोजना अघि बढाउँदा कमिसन सुनिश्चित नभए प्रक्रिया नै अघि नबढाउने गरेको आरोप लाग्दै आएका ठाकुरले बैंक खाताको प्रयोग गर्दैनन् । उनले आफु विरुद्ध मुद्दा दर्ता गर्दा अख्तियारले आफ्नो बैंक खाता हेरेको हुनुपर्ने र त्यसैबाट आफ्नो अवस्थाबारे थाहा भएको हुनुपर्ने तर्क गरेका छन् ।

उनले इटालियन कम्पनीलाई काम नगर्दा आफुले थुन्ने काम गरेको भन्दै आरोपको प्रतिवाद गरेका छन् । तर सार्वजनिक प्रशासनमा उनी एक भ्रष्ट कर्मचारीको पहिचान बनाएका पूर्व सचिव हुन् ।