कांग्रेस महासमिति बैठक आजदेखि, २ हजार १०५ प्रतिनिधि सहभागी हुँदै
काठामाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने बैठकको सोमबार दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उदघाटन गर्दैछन् ।
‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन गइरहेको बैठक चार दिनसम्म चल्ने छ ।
बैठकमा यही फागुन ४ गतेको केन्द्रीय समितिबाट पारित पाँच प्रतिवेदनमाथि छलफल हुनेछ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा प्रतिवेदन पेश गर्नेछन् । त्यस्तै, पार्टी महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने सेड्युल छ ।
बैठकमा देशभरबाट दुई हजार एक सय पाँचजना सहभागी हुनेछन् ।
नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया