कृषि विकास बैकको वार्षिकोत्सबको उपलक्ष्यमा फुटसल खेल सञ्चालन
काठमाडाैं । बैक कृषि विकास बैक लिमिटेडको ५७ औं वार्षिकोत्सब तथा कृषि विकास बैक कर्मचारी युनियन, नेपालको दोस्रो स्थापना दिवसको उपलक्ष्यमा बैकको अन्तर प्रदेश (महिला/पुरुष) तथा अन्तर संस्थान फुटसल (पुरुष) प्रतियोगिता उद्घाटन भएको छ ।
आइतबार एक कार्यक्रमबीच सो प्रतियोगिताको उद्घाटन भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरे । यसअघि बैकका प्रमुख कार्यकारी अधिकृत गुरुङ र कर्मचारी युनियनका अध्यक्ष जानुका पौडेलले संयुक्त रुपमा प्रतियोगितामा विजयी खेलाडीहरुलाई वितरण गर्ने ट्रफीहरुको अनावरण गरेका थिए । उद्घाटनपछिको सुरुको खेल बैक ब्यबस्थापन र बैकमा कृयाशील ट्रेड युनियनहरुका बीच सम्पन्न भएको थियो । उक्त मैत्रीपूर्ण खेलमा बैक ब्यवस्थापनलाई युनियनले २ को विरुद्ध ६ गोल गरी पराजित गरेको थियो ।
त्यसपछिका खेलमा विभिन्न १४ पुरुष र ६ महिला गरी २० टिमले प्रतिष्पर्धा गरेका थिए । तीन दिनसम्म चल्ने प्रतियोगिता कृषि विकास बैक कर्मचारी युनियनले आयोजना गरेको हो । प्रतियोगिता भृकुटीमण्डपस्थित फनपार्कमा संचालन भइरहेको छ ।
विभिन्न रचनात्मक कार्य गरिरहेको यो युनियनले यसअघि लोकसेवाले लिने कृषि विकास बैकको परीक्षा तयारी अनलाइन कक्षा नि:शुल्क रुपमा चलाउनुका साथै परीक्षा उपयोगी स्मारिका ‘बैंकिङ सन्देश’ समेत प्रकाशनमा ल्याएको छ । यसले धेरै परीक्षार्थीहरु लाभान्वित भएका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया