सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राष्ट्रियता अखण्डता, सार्वभौमसत्ता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनका साथै देशमा निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि जीवनको बलिदान गरेका सहिदको त्याग, निष्ठा र आदर्शलाई पूरा गर्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष नेपालले मुलुकमा आर्थिक तथा सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले समाजमा विधमान वर्गीय शोषण, सबै प्रकारका विभेदको अन्त्य गरी जनताको आर्थिक रुपान्तरण गर्न संवैधानिक व्यवस्थाअनुसार सबै जनप्रतिनिधिमूलक संस्था तथा राज्यका सबै अङ्गले लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
लोकतन्त्रको विशेषताका रूपमा रहेको न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र स्थापना गर्न खाँचो औँल्याउँदै समाजवादको कार्यभार पूरा गर्न पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया