NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ९ गते

काठमाडौंमा एकै परिवारका तीन मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले घटनाको पुष्टि गर्दै बुधबार बिहान एकै परिवारका तीन जना कोठाभित्र मृत फेला परेको जनाएको छ ।

मृत फेला पर्नेमा ३८ वर्षीया महिला र उनका ८ तथा २ वर्षीया छोरीहरू रहेको बताइएको छ ।

घटनाबारे जानकारी आएलगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अहिले घटनास्थल पुगेका छन् ।

प्रहरीले भर्खरै अनुसन्धान थालेकाले विस्तृत विवरण आउन बाँकी छ ।