‘आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छ’

पाटन। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । यद्यपि उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे ।
ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थमन्त्रालयको कार्यभार सम्हालेका डा महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने प्रतिबद्धता दोहो-याए ।
अर्थमन्त्रीले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको बताए। उनले देशको अर्थतन्त्रलाई गतिशिल बनाउन भरमग्दुर प्रयास भइरहेको बताए ।
आर्थिक वर्ष ८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्राणाली सुधारका अधिंकाश विषय कार्यान्वयन क्रममा रहेका जानकारी दिँदै उनले भने, “परम्परागत शैलीमा आउने नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सुधार गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथामिकताबारे छलफल गर्ने व्यवस्था मिलाइएको छ ।” उनले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीति तर्जुमा थालिएको उल्लेख गरेका छन् । उनले भने, “जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा ऋण परिचालन गर्न सुरू गरिएको छ ।”
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया