अन्तर संस्थान फुटसल प्रतियोगिताको विजेता बन्यो कृषि विकास बैक
काठमाडाैंं । कृषि विकास बैक लिको ५७ औं वार्षिकोत्सब तथा कृषि विकास बैक कर्मचारी युनियन, नेपालको दोस्रो स्थापना दिवसको उपलक्ष्यमा फागुन ६ देखि ८ सम्म काठमाडौस्थित भृकुटीमण्डप, फनपार्कमा भएको बैकको अन्तर प्रदेश (महिला/पुरुष) तथा अन्तर संस्थान फुटसल (पुरुष) प्रतियोगिता सम्पन्न भएको छ । तीन दिन सम्म चलेको उक्त प्रतियोगितामा बैकको अन्तर प्रदेश तथा विभिन्न संस्थानहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा अन्तर प्रदेश महिलातर्फ बाग्मती प्रदेश टिमले मुख्य कार्यालय ख टिमलाई १ का बिरुद्ध २ गोलले पराजित गर्यो भने पुरुषतर्फ मुख्य कार्यालय ख टिमले कोसी प्रदेशलाई २ का विरुद्ध ३ गोल गरी बिजेता बन्यो । त्यसैगरी अन्तर संस्थानतर्फको फाइनल खेलमा कृषि बिकास बैकले राष्ट्रिय बाणिज्य बैकलाई १ का विरुद्ध २ गोल गरी बिजेता बन्यो । अन्तर प्रदेश महिलातर्फ बढी गोल गर्ने खेलाडीको ट्रफी मुख्य कार्यालय ए टिमकी कल्पना केसीले पाइन् भने बेस्ट प्लेयर बाग्मती टिमकी गोमा थापाले पाइन् । त्यसैगरी महिलातर्फ बेस्ट गोलकिपर मुख्य कार्यालयका गीता अर्याल ज्ञवाली र प्रमिला अधिकारीले पाएका थिए । अन्तर प्रदेश पुरुषतर्फ बढी गोल गर्ने खेलाडीको ट्रफी बाग्मती प्रदेशका राजकुमार निरौलाले पाए भने बेस्ट प्लेयर मुख्य कार्यालय बी र कोसी प्रदेशका खेलाडी द्वय राधेश्याम चौधरी र शेखर राईले पाएका थिए । त्यसैगरी बेस्ट गोलकिपर लुम्बिनी प्रदेशका नवराज कार्कीले पाएका थिए ।
अन्तर संस्थानतर्फ राष्ट्रिय बाणिज्य बैकका प्रेमलाल डगौराले बेस्ट गोलकिपरको ट्रफी पाए भने बढी गोल गर्ने खेलाडीको ट्रफी राष्ट्रिय जीवन विमा कम्पनी लिमिटेडका उद्धब पौडेलले पाए । अन्तर संस्थान पुरुषतर्फ बेस्ट प्लेयरको उपाधि कृषि विकास बैकका जीवराज बमले चुम्न सफल भएका थिए ।
बैकको मुख्य कार्यालयमा बुधवार आयोजित कार्यक्रममा बिजेता, उपबिजेता टिमका खेलाडीहरुलाई सिल्ड, नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । अन्तर प्रदेश महिलातर्फ बिजेताले नगद रु.१५ हजार र उपबिजेताले रु.१० हजार पाएका थिए भने अन्तर प्रदेश पुरुषतर्फ बिजेताले नगद रु.२५ हजार तथा उपबिजेताले रु.१५ हजार नगद पुरस्कार पाएका थिए । त्यसैगरी अन्तरसंस्थानतर्फ बिजेता कृषि विकास बैकले नगद रु.४० हजार प्राप्त गर्यो भने उपबिजेता राष्ट्रिय वाणिज्य बैकले रु.२५ हजार नगद पुरस्कार पाएको थियो । प्रतिनिधि सभा सदस्य एवम् नेकपा एकीकृत समाजबादी पार्टीका उपाध्यक्ष माननीय राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । बिजेताहरुलाई सिल्ड तथा प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि पाण्डेले कर्मचारी युनियनले महान् कार्य गरेकोमा खुसी ब्यक्त गर्दै बैकमा क्रियाशील ट्रेडयुनियनहरुको कार्यगत एकताको प्रशंसा गरे । त्यसैगरी विशिष्ट अतिथिको रुपमा बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बिजेता उपबिजेतालाई ट्रफी तथा नगद वितरण गर्दै बैंकले गर्नुपर्ने यस्तो कार्यक्रम युनियनले गरेकोमा युनियनको प्रशंसा गरे। अर्का विशिष्ट अतिथि पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले युनियनले यस्ता रचनात्मक कार्यहरु गरिरहनुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा हालै मात्र कर्मचारी युनियनले प्रकाशन गरेको स्मारिका “बैंकिङ सन्देश”को विमोचन गरिएको थियो । प्रमुख अतिथि पाण्डे तथा विशिष्ट अतिथिद्वय गुरुङ र खनालले संयुक्त रुपमा उक्त स्मारिकाको विमोचन गरेका थिए ।
त्यसैगरी युनियनले गत माघ महिनामा नि:शुल्क रुपमा संचालन गरेको परीक्षा तयारी अनलाइन कक्षाका श्रोतव्यक्तिहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । युनियनका अध्यक्ष जानुका पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिफु नेपालका अध्यक्ष एवम् पेसागत महासंघ नेपालका सल्लाहकार योगेन्द्रबहादुर सिंह, बैंकका उपमहाप्रबन्धकहरु, पेसागत महासंघ नेपालका सचिव एवम् युनियनका सल्लाहकार संयोजक विकास सिल्वाल, बिफु नेपालका कोषाध्यक्ष मधु सुवेदी, बैकमा क्रियाशील ट्रेड युनियनहरुका अध्यक्षहरु, बैंकका बिभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरुलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । युनियनका वरिष्ठ उपाध्यक्ष अनिलकुमार सुबेदीले कार्यक्रममा आउनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत उपस्थित सम्पूर्णमा शव्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको अन्त्यमा अध्यक्ष पौडेलले आमन्त्रित सबै अतिथिहरु, प्रायोजकहरुलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै युनियनले रचनात्मक कार्य गर्दै अघि बढ्ने र अन्य समकक्षी युनियनहरुसङ्ग पनि समदूरी कायम गरी कार्यगत एकता गर्दै बैक र कर्मचारीको हितका पक्षमा बैक ब्यबस्थापनलाई सहयोग गर्ने बिचार व्यक्त गरिन् । कार्यक्रको संचालन कर्मचारी युनियनका महासचिव शान्तिराम भट्टराईले गरेका थिए ।
प्रतिक्रिया