NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

ललितपुरको दुर्घटनामा स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरमा भएको दुर्घटनामा स्कुटर चालक युवतीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा बा. प्र ०१–००६ ख ५१६५ नम्बरको पानी ट्याङ्कर र बा.प्र ०२–०२२ प ५५४५ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक भैंसेपाटी मगरगाउँ बस्ने २६ वर्षीया अनिशा भुलनको शुक्रबार बिहान मृत्यु भएको हो।

दुर्घटनमा गम्भीर घाइते भएकी उनको मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा ज्यान गएको हो। ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा अघि बढाएको छ ।