NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

कैलाली । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी डेजी पाण्डे र दुर्गा जोशीलाई पाखा लगाउँदै ढुंगाना अध्यक्षमा विजयी बनेका हुन् ।

निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गङ्गाकुमारी चौधरी विजयी भएका छन् ।

गएराति सम्पन्न मतदानको मतगणना शनिबार बिहान सकिएको हो । यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । पाँच सय ९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा पाँच सय ७७ मत खसेको थियो ।