लिग टू : नेपालले आज नेदरल्याड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटअन्तर्गत आज नेपालले नेदरल्याड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
खेल अहिले बिहान ९ः३० बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुँदैछ ।
घरेलु मैदानमा जारी सिरिजमा यसअघि नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । जारी प्रतियोगितामा नेपाल र नेदरल्याण्ड्सले तीन खेल खेलिसकेका छन् । जसमा दुवैले समान १–१ खेल जितेका छन् । नेपालले नामिबियासँग दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले नामिबियासँगको प्रतिस्पर्धामा परिणाम आफ्नो पक्षमा पारेको थियो ।
नेपाल आजको खेलमा पनि नेदरल्याण्ड्समाथि हाबी भएर जितको श्रृंखला जारी राख्न चाहन्छ । उता नेदरल्याण्ड्स भने नेपालसँग बदला लिने दाउमा छ ।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल ।
प्रतिक्रिया